शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग स्तब्ध

९ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ ।
ला लिगा अन्तर्गत लेभान्टेले एट्लेटिकोलाई उसैको मैदानमा २–० ले स्तब्ध बनाएको हो । ३०औं मिनेटमा एट्लेटिकोका हरमोसोले आत्मघाती गोलसँगै लेभान्टेले खेलमा अग्रता लिएको थियो ।
त्यसपछि अन्तिम समयको इञ्जुरी समयमा जर्जे डी फ्रुटोसले गोल गरेपछि लेभान्टे २(० ले विजयी भयो । हारका बावजूद एट्लेटिको २३ खेलबाट ५५ अंकसहित शीर्ष स्थानमा कायमै छ ।
उता जितपछि एभर्टन तालिकाको आठौं स्थानमा उक्लिएको छ । ला लिगाकै अर्को खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि १–० को जित निकाल्यो ।
अवे मैदानमा रियलका लागि कासिमिरोले गरेको एकमात्र गोल नै निर्णायक रह्यो । उनले ६५औं मिनेटमा हेडमार्फत गोल गरेका थिए ।
जितसँगै दोस्रो स्थानको रियलले २४ खेलबाट ५२ अंक जोडेको छ । यस्तै भ्यालेन्सियाले सेल्टा भिगोलाई २–० ले र इल्चीले इबरलाई १० ले हराए ।
प्रतिक्रिया