प्रिमियर लीगमा लिभरपुललाई एभर्टनले हरायो
९ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल पराजित भएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति एभर्टनले साविक विजेता लिभरपुलमाथि २–० को शानदार जित निकालेको हो । अवे मैदानमा एभर्टनले तेस्रो मिनेटमै रिचार्लिसनको गोलबाट अग्रता बनाएको थियो ।
८३औं मिनेटमा जिल्फी सिगुरडसनले पेनाल्टीमार्फत गोल थप्दै एभर्टनको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलमा थप गोल हुने सकेन । यो एभर्टनको सन् १९ सय ९९ पछि लिभरपुलको घरेलु मैदान एनफिल्डमा पहिलो जित समेत हो ।
यस्तै लिभरपुलले १९ सय २३ पछि पहिलो पटक घरेलु मैदानमा लगातार चार हार व्यहोरेको छ। एभर्टन तालिकाको सातौं स्थानमा तथा लिभरपुल छैठौं स्थानमा कायमै छन् ।
त्यस्तै लीग अन्तर्गत नै फूलह्यामले सेफिल्ड युनाइटेडमाथि १(० को जित निकाल्दा चेल्सी र साउथह्याम्टन ११ तथा बर्नली र वेष्टब्रोम गोलरहित बराबरीमा रोकिए ।
प्रतिक्रिया