राजनीति

अदालत र निर्वाचन आयोगमाथि प्रधानमन्त्रीको यस्तो धम्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ८ गते २१:०३
अदालत र निर्वाचन आयोगमाथि प्रधानमन्त्रीको यस्तो धम्की (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र निर्वाचन आयोगलाई फेरि दबाब दिनुभएको छ । विराटनगरमा आज आयोजित सभामा प्रधानमन्त्री ओलीले दुबै संवैधानिक निकायलाई प्रभावमा पार्ने प्रयास गर्नुभयो ।

नेकपाको राजनीतिक विभाजनपछि आफु नै आधिकारिक भएको बताउँदै आएका प्रधानमन्त्री ओली पछिल्लो पटक निर्वाचन आयोगसँग पनि असन्तुष्ट देखिनुभएको छ । आयोगबाट आपु अनुकुलको निर्णय नआए आन्दोलन नै गर्ने उहाँले धम्की दिन थाल्नुभएको छ ।

यसअघि निर्वाचन आयोगको निर्णय मान्छु भन्ने अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री ओलीको बोली आज भने फेरिएको छ । उहाँले आफु आधिकारिक भए पनि निर्वाचन आयोगमा सेटिङ गरेर सुर्य चिन्ह नदिए मान्य नहुने र आन्दोलनमा जाने बताउनुभयो ।

सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटमाथि फैसला आउने तयारी भइरहँदा मुलुकका कार्यकारी प्रमुखले दबाब बनाउन खोज्नुभएको छ । देशभर आफ्नो समूहले गरेको आमसभालाई हेरेर अदालतले फैसला गर्नुपर्ने प्रधानमन्त्रीको दबाब छ । विराटनगरबाट उहाँले सर्वोच्च अदालतलाई यसरी धम्क्याउने प्रयास गर्नुभयो ।

सभामा प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भए मोलतोलका साथै सरकार बनाउने र ढलाउने खेल शुरु हुने दाबी पनि गर्नुभयो । सरकारले घोषणा गरेकै मितिमा चुनाव हुने दोहोर्‍याउँदै उहाँले ३ वर्षमा मुलुकमा असाधारण विकास गरेको दाबी गर्न पनि छुटाउनुभएन ।

सभामा गृहमन्त्री रामबहादुर थापा, पुर्व सभामुख सुभास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ लगायतले पनि सम्वोधन गर्नुभएको थियो । सभाअघि विराटनगरका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । सरकार चलाइरहेको नेकपा ओली समूहले अहिले सडकमा पनि शक्ति प्रदर्शन गरिरहेको छ ।

अदालत, निर्वाचन आयोग र प्रचण्ड नेपाल समूहमाथि दबाब बनाउने उदेश्यले यस्ता प्रदर्शन गरिएको प्रधानमन्त्रीका आजका भनाइबाट पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्