राजनीति

मर्यादा भुल्दै प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, प्रचण्ड, नेपाल र झाँक्रीप्रति आक्रोश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ८ गते २०:५३
मर्यादा भुल्दै प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, प्रचण्ड, नेपाल र झाँक्रीप्रति आक्रोश (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र धम्कीपूर्ण अभिव्यक्तिले आज पनि निरन्तर पायो । अरुलाई मर्यादा र सम्मानको पाठ सिकाउने प्रधानमन्त्री ओली आज भने उपराष्ट्रपतिकै आलोचनामा उत्रनुभयो । उपराष्ट्रपति मात्रै होइन प्रधानमन्त्रीले सभामुखदेखि नेताहरु प्रचण्ड र माधव नेपाल मात्र होइन रामकुमारी झाँक्रीलाई समेत निशाना बनाउनुभयो ।

विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनमाथि कडा टिप्पणी गर्नुभयो । उपराष्ट्रपति पुनले नेपाल पत्रकार महासंघको महाधिवेशनमा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताउनुभएको थियो । राष्ट्रको मर्यादामा आफुभन्दा माथि रहेका उपराष्ट्रपतिमाथि खनिँदा प्रधानमन्त्री ओलीले पदीय हैसियतको समेत ख्याल राख्नुभएन ।

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाको भूमिकाको विरोध गर्दै आउनु भएको छ । संसदमा अविश्वासको प्रस्तावदेखि लिएर सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा दायर गरेकोमा प्रधानमन्त्रीको गुनासो छ । तर विराटनगरमा भने प्रधानमन्त्री अझ अघि बढेर सभामुख झगडिया किर्ते काममा लागेको आरोप पनि लगाउनुभयो ।

प्रधानमन्त्रीले मर्यादामा नबसेको भन्दै मिडियादेखि देशका बुद्धिजीवीको पनि आलोचना गर्दै आउनुभएको छ । तर आफुले आलोचना गर्दा भने उहाँले यी सबै विर्सने गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा प्रचण्डको कटु आलोचना गर्दै आउनु भएको छ । र पछिल्लो पटक पनि उहाँले त्यसलाई निरन्तरता दिनुभएको छ ।

प्रचण्ड मात्र होइन माधवकुमार नेपालमाथि पनि प्रधानमन्त्री ओलीको अभिव्यक्ति उस्तै खालको छ ।

प्रधानमन्त्रीले आलोचना गर्दै जाँदा आफ्नो पदिय मर्यादा समेत भुल्दै जान थाल्नुभएको छ । विराटगरमा त उहाँले कनिष्ठ नेतृ रामकुमारी झाँक्रीमाथि समेत निशाना साँध्नुभयो ।

संसद विघटनको चौतर्फी विरोध भइरहँदा प्रधानमन्त्री ओलीले आफ्नो कदमको रक्षा गरिरहनुभएको छ । तर उहाँका अभिव्यक्ति भने दिन प्रतिदिन तुच्छ र स्तरहीन हुन थालेका छन् । देशको कार्यकारी प्रमुखले यसरी आफ्नो हैसियत बिर्सनु सिंगो राष्ट्रकै लागि चिन्ताको विषय बन्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्