खेलकूद

जापानकी नाओमी ओसाकालाई अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि

हिमालय टिभी
२०७७ फागुन ८ गते १७:४०
जापानकी नाओमी ओसाकालाई अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि

८ फागुन २०७७ मेलवर्न । तेस्रो वरियताकी जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् ।

मेलबर्नमा आज भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई सोझो सेटमा हराउँदै ओसाकाले उपाधि जितेकी हुन् ।

ओसाकाले २२ औं वरीयताकी ब्राडीलाई ६–४ र ६३ को सेटमा पराजित गरिन् । उनको यो चौथो ग्रान्डस्लाम उपाधि हो । यस्तै अष्ट्रेलियन ओपनको उपाधि भने यो दोस्रो हो ।

पुरुषतर्फको उपाधिका लागि भोली नोभाक जोकोभिच र डानिल मेदभेदेभबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्