समाज

पोखरामा मोबाइल डेन्टल क्लिनिक शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ८ गते १७:१८
पोखरामा मोबाइल डेन्टल क्लिनिक शुरु (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ पोखरा । पोखरामा मोबाइल डेन्टल क्लिनिक शुरु भएको छ । घुम्ती शिविर सञ्चालन गर्ने उद्देश्यका साथ मोवाइल डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

विपन्न वर्गलाई दन्त स्वास्थ्य सेवा दिने लक्ष्य लिइएको यो कार्यक्रम गण्डकी प्रदेशभर सञ्चालनमा आउने छ । अत्याधुनिक उपकरण जडित बसमा सिनियर डेन्टल सर्जनको अगुवाईमा स्वास्थ्य परीक्षण र उपचार हुनेछ ।

पोखरामा दाँतको उपचारका लागि मोवाइल डेन्टल क्लिनिक सञ्चालमा आएको छ । विपन्न वर्गलाई मुखको स्वास्थ्य सेवा दिने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

मिनी बसलाई क्लिनिकको रुपमा विकाश गरिएको छ । सामुदायिक विद्यालय र ग्रामीण क्षेत्रमा घुम्ती शिविर सञ्चालनमा ल्याइने छ । गैरसरकारी संस्था नेलम्बो नेपालले मोवाइल डेन्टल क्लिनिक सञ्चालनमा ल्याएको हो ।

मुखको स्वास्थ्य सेवा सहज नभएको अहिलेको समयमा ग्रामीण क्षेत्रमा घुम्ती शिविरले स्वास्थ्य सचेतना र सेवाको पहुँच बढाउने अपेक्षा गरिएको छ ।

दन्त परीक्षण र उपचार निःशुल्क हुनेछ । एक स्थानमा एक हप्ताको शिविर सञ्चालन गर्ने र एक महिना पछि पुन फलोअपका लागि शिविर स्थापना गरिने योजना छ । दाँतको उपचारका लागि आधुनिक उपकरण जडान गरिएको छ । शिनियर डेन्टल सर्जनको अगुवाईमा डेन्टर हाइजेनिष्ट र स्वास्थ्य कर्मी शिविरमा रहने छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको सिर्जना बहिरा आवासीय माविबाट शुरु गरिएको शिविर एक हप्तासम्म चल्नेछ । शिविरमा अभिभावक, शिक्षक र विद्यार्यीले निःशुल्क दन्त परीक्षण गराउन पाउने छन् ।

स्थानीय तह, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा प्राथमिकताका आधारमा शिविर सञ्चालन गरिनेछ । यसले दन्त सेवा पाउन नसकेकालाई विपन्न वर्गका नागरिकले सेवा पाउने सरकारको विश्वास छ ।

मोबाइल घुम्ती शिविरबाट ५ वर्षमा गण्डकी प्रदेशका सबै जिल्लामा करिब ४० हजारले प्रत्यक्ष लाभान्वित हुने नेलम्बोले जनाएको छ । गाडी सहित ६८ लाखमा मोबाइल क्लिनिक तयार भएको हो ।

पछिल्लो समय मुखको क्यान्सर बढ्दो छ । मुखको स्वास्थ्य उपचार सर्वसुलभ नभइसकेको अवस्थामा दन्त शिविारबाट मुखमा हुने अन्य रोगको साथै मुखको क्यान्सरको नियन्त्रणमा सहयोग पुर्यामउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *