खेलकूद

अष्ट्रेलियन ओपन टेनिस महिलातर्फको उपाधि भिडन्त आज

हिमालय टिभी
२०७७ फागुन ८ गते ८:१८
अष्ट्रेलियन ओपन टेनिस महिलातर्फको उपाधि भिडन्त आज

८ फागुन २०७७ काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको उपाधिका लागि आज नाओमी ओसाका र जेनिफर ब्राडी भिड्ने भएका छन् ।

उपाधिका लागि आज तेस्रो वरियताकी ओसाका र २२औं वरियताकी ब्राडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

जापानी खेलाडी ओसाकाले दशौं वरियताकी सेरेना विलियम्सलाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् ।

उता अर्को सेमिफाइनलमा अमेरिकी खेलाडी ब्राडीले २५ औं वरियताकी चेक रिपब्लिककी क्यारोलिना मुचोभालाई हराएकी थिइन् ।

ओसाकाले यसअघि तीन पटक ग्राण्ड स्लामको उपाधि जितिसकेकी छिन् भने ब्राडीले आज पहिलो ग्राण्ड स्लामको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्