खेलकूद

प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी

हिमालय टिभी
२०७७ फागुन ८ गते ८:१२
प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी

८ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न पछिल्लो खेलमा उल्फ्सले लिड्स युनाइटेडमाथि १–० को जित निकालेहको हो । घरेलु टोली उल्फ्सको जितमा आत्मघाती गोल नै निर्णायक बन्यो ।

खेलको ६४औं मिनेटमा लिड्सका इलन मेस्लियरले आत्मघाती गोल गर्न पुगेका थिए । आदम ट्राओराले प्रहार गरेको बल मेस्लियरको टाउको छुँदै गोल हुन पुगेको थियो ।

लिड्सका लागि अन्तिम समयमा प्याट्रिक बामफोर्डले बराबरी गोल गरेपनि त्यसले मान्यता पाएन ।

जितपछि २५ खेलबाट ३३ अंक जोड्दै उल्फ्स ११ औं स्थानमा उक्लिएको छ । २४ खेलबाट ३२ अंक रहेको लिड्स १२ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्