समाज

सुदूरपश्चिम प्रदेश सरकार गठन भएकाे ३ वर्ष पूरा, के भए ? के भएनन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ८ गते ५:५५
सुदूरपश्चिम प्रदेश सरकार गठन भएकाे ३ वर्ष पूरा, के भए ? के भएनन् ? (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनको ३ वर्ष पूरा भएको छ । तर सरकारको काम गराइप्रति भने नागरिकस्तरबाट समेत प्रश्न उठिरहेको छ । प्रदेश सरकारले भने श्रोत साधनले भ्याएसम्म काम गरेको दाबी गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन वर्षमा मन्त्रिपरिषद्का १ सय वटा बैठक भएका छन् । प्रदेश सरकारले युवालाई स्वदेशमै रोजगारी दिने, विकासमा फड्को मार्ने, गौरवका योजना कार्यान्वयन गर्ने, पर्यटन र कृषि क्षेत्रको विकास गर्ने लगायतका निर्णय पनि गर्‍यो । तर अधिकांश निर्णय कार्यान्वनयन भएनन् । त्यसैले प्रदेश सरकारसँग नागरिक सन्तुष्ट छैनन् ।

सरकार आफैँले गरेका निर्णय कार्यान्वयनमै चुकेको प्रतिपक्षी दलको पनि आरोप छ । युवालाई बिना धितो ऋण , गौरवका योजना कार्यान्वयनजस्ता विषयमा सरकारले काम गर्न नसकेको विपक्षीको बुझाइ छ । नेकपाकै ओली समूह पनि प्रदेश सरकारसँग असन्तुष्ट छ ।

सत्तारुढ दलका सांसदले भने सरकारको गति कम नभएको दाबी गरिरहेका छन् । कानून बनाउने विषयदेखि, संघीयताको जग बसाल्न सफलता पाएको उनीहरुको भनाइ छ ।

पहिलो वर्ष कर्मचारी अभाव, संरचना अभावका बावजुद पनि केही काम गरेको प्रदेश सरकारको दाबी छ । संघीय सरकारले कानून निर्माणमा ढिलाई गर्दा समस्या भएको उसको गुनासो छ ।

प्रदेश सरकारले यस्तो दाबी गरिरहे पनि आम नागरिक भने निराश छन् । प्रदेश सरकारले जुन गतिमा काम गर्नुपर्ने हो त्यस्तो हुन नसकेको धेरैको बुझाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *