खेलकूद

महिला फूटबल लीगमा एपीएफको अपराजित यात्रासहित प्रतियोगिता अन्त्य

हिमालय टिभी
२०७७ फागुन ७ गते १७:५२
महिला फूटबल लीगमा एपीएफको अपराजित यात्रासहित प्रतियोगिता अन्त्य

७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलको च्याम्पियन एपीएफले अपराजित रहँदै प्रतियोगिता अन्त्य गरेको छ । अन्तिम खेलमा उसले आज अर्को विभागीय टोली आर्मीलाई पराजित गरेको हो ।

आजै भएको अर्को खेलमा पुलिस क्लबले कमजोर टोली चौदण्डीगढी नगरपालिकालाई १०–० गोल अन्तरले हराएको छ । पुलिसको जितमा निरु थापाले ४ गोल गरिन् । यस्तै निर्मला विकले ह्याट्रिक गरिन् ।

शुनकला राई र अमृता जैशीको नाममा एक एक गोल रह्यो । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो । तेस्रो मिनेटमा निरुले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।

छैटौं मिनेटमा निरुले पेनाल्टीबाट दोस्रो गोल गरिन । ११ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरेकी थिइन । २८ औं मिनेटमा निरुले पेनाल्टीबाट चौंथो गोल गरिन । निर्मला विकले ३६, पहिलो हाफको इन्जुरी समय ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन । यो सँगै पुलिसले लिगमा तेस्रो स्थान पक्का गरेको छ । उसको १२ खेलबाट १८ अंक भएको छ ।

विभागीय डर्बीमा एपीएफले आर्मी क्लबलाई ३–० गोल अन्तरले हराएको छ । दशरथ रंगशालामा भएको लीगकै अन्तिम खेलमा जित निकाल्ने क्रममा एपीएफका लागि सरु लिम्बूले दुई तथा अनिता केसीले एक गोल गरिन् ।

एपीएफ सबै १२ खेल जितेर ३६ अंक जोड्न सफल भयो । लीगमा सर्वाधिक ७७ गोल गर्दा एपीएफले १ गोल मात्र खाएको थियो । उपाधिसँगै एपीएफले १५ लाख रुपैयाँ पायो । आर्मी दोस्रो भयो ।

उसले ८ लाख रुपैयाँ पायो । तेस्रो भएको पुलिसले ५ लाख तथा चौथो भएको वालिङ नगरपालिकाले ३ लाख पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्