आर्थिक

सुनको भाउ तोलामा एक हजार घट्यो, प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ फागुन ७ गते १३:४०
सुनको भाउ तोलामा एक हजार घट्यो, प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोवार

७ फागुन २०७७ काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको मूल्य तोलामा आज एक हजार रुपैयाँले घटेको हो।

हिजो नेपाली बजारमा ८९ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य आजका लागि ८८ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यसमेत प्रतितोला ३० रुपैयाँले घटेको छ। हिजो चाँदी प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँमा कारोवार भएको थियो।

आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा ६ सय रुपैंयाले घटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *