खेलकूद

महिला लीग फूटबलमा चौदण्डीगढी पुलिससँग १०–० गोल अन्तरले पराजित

हिमालय टिभी
२०७७ फागुन ७ गते १३:३३
महिला लीग फूटबलमा चौदण्डीगढी पुलिससँग १०–० गोल अन्तरले पराजित

७ फागुन २०७७ काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लीग फूटबलको आफ्नो अन्तिम खेलमा प्रतियोगिताकै कमजोर टोली चौदण्डीगढी नगरपालिकामाथि फराकिलो अन्तरको जीत निकालेको छ ।

एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले उदयपुरे टोलीलाई १०–० गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा निरु थापाले ४ गोल गरिन् । यस्तै निर्मला विकले ह्याट्रिक गरिन् । शुनकला राई र अमृता जैशीको नाममा एक एक गोल रह्यो ।

पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो । तेस्रो मिनेटमा निरुले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । छैटौं मिनेटमा निरुले पेनाल्टीबाट दोस्रो गोल गरिन । ११ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरेकी थिइन् ।

२८ औं मिनेटमा निरुले पेनाल्टीबाट चौंथो गोल गरिन् । निर्मला विकले ३६, पहिलो हाफको इन्जुरी समय ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन । यो सँगै पुलिसले लिगमा तेस्रो स्थान पक्का गरेको छ । उसको १२ खेलबाट १८ अंक भएको छ ।

तेस्रो भएकाले पुलिसले ५ लाख नगद पाउनेछ । चौदण्डीगढी भने लीगमा अंकविहीन भएर घर फर्केको छ । लीगको उपाधि एपीएफले यस अघि नै जितिसकेको छ ।

लीगकै अन्तिम खेलमा पहिलो स्थानको एपीएफ र आर्मीबीच दशरथ रंगशालामा आज प्रतिस्पर्धा हुँदैछ । एपीएफ अहिलेसम्म अपराजित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्