खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आज अन्तिम दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन ७ गते ९:०८
राष्ट्रिय महिला लीग फूटबलमा आज अन्तिम दुई खेल हुँदै

७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा आज अन्तिम दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ ।

पुलिस चौदण्डीलाई हराएर लीगको तेस्रो स्थान पक्का गर्न चाहन्छ । पुलिस ११ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।अन्तिम खेलमा जित निकालेमा पुलिस तेस्रो स्थानमा रहनेछ ।
चौदण्डी भने अन्तिम खेलमा जित निकाल्न चाहन्छ । चौदण्डी ११ खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ ।

अर्को खेलमा च्याम्पियन बनिसकेको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपीएफ र आर्मीबीचको खेल दशरथ रंगशालामा अपरान्ह २ बजे शुरु हुनेछ ।

दुई खेल अगावै च्याम्पियन बनिसकेको एपीएफ आर्मीलाई हराएर अपराजित रहँदै च्याम्पियन बन्न चाहन्छ । एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ ।

आर्मी भने अन्तिम खेलमा जित निकाल्दै लीगको सुखद अन्त्य गर्न चाहन्छ । दोस्रो स्थान पक्का रहेको आर्मीको ११ खेलमा २६ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्