खेलकूद

सन्दीप आइपीएलको छनोटमा असफल

हिमालय टिभी
२०७७ फागुन ६ गते २०:४४
सन्दीप आइपीएलको छनोटमा असफल

६ फागुन २०७७ काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो ।

आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राख्नुभएको थियो । उहाँलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेल्नुभएको थियो ।

उहाँ त्यो बेला रु ३२ लाखमा अनुबन्ध हुनुभएको थियो । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उहाँ यस पटक अक्सनमा सहभागी हुनुभएको हो ।

सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिनुभएको थियो । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिनुभएको थियो । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उहाँलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्