खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आज वालिङ र चन्द्रपुर नगरपालिका भिड्दै

हिमालय टिभी
२०७७ फागुन ६ गते ८:२८
राष्ट्रिय महिला लीग फूटबलमा आज वालिङ र चन्द्रपुर नगरपालिका भिड्दै

६ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज एक खेल मात्र हुँदैछ ।

महिला लीग अन्तर्गत आज स्याङजाको वालिङ नगरपालिका र रौतहट चन्द्रपुर नगरपालिकाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

लीगको आफ्नो अन्तिम खेलमा आज दुबै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् । वालिङ ११ खेलबाट १४ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै चन्द्रपुर ९ अंकसहित तालिकाको छैठौं स्थानमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे हुनेछ । एपीएफ क्लबले उपाधि जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्