च्याम्पियन्स लीगमा बोरुसिया डर्टमण्ड र पोर्टो विजयी
६ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा बोरुसिया डर्टमण्ड र पोर्टो विजयी भएका छन् ।
च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डर्टमण्डले सेभियामाथि ३–२ गोलको जित निकालेको छ ।
घरेलु मैदानमा सेभियाले खेलको सातौं मिनेटमै फर्नान्डेन साएजको गोलसँगै अग्रता बनाएको थियो । तर १९ औं मिनेटमा डर्टमण्डका महमाउद डाहाउडले गोल गर्दै खेल १–१ को बराबरी गरेका थिए ।
त्यसपछि डर्टमण्डका लागि २७औं र ४३औं मिनेटमा इर्लिङ ब्रुट हालाण्डले दुई थपेका थिए । ८४ औं मिनेटमा सेभियाका ल्यूक डि जोङ्ले गोल गरेका थिए । दोस्रो लेग जर्मनीमा मार्च ९ तारिखमा हुनेछ ।
यस्तै अर्को खेलमा पोर्टोले युभेन्ट्सलाई २–१ ले स्तब्ध बनायो । घरेलु मैदानमा पोर्टोलाई मेहदी तारेमीले पहिलो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि ४६औं मिनेटमा मौसा मारेगाले पोर्टोको अग्रता दोब्बर पारेका थिए ।
युभेन्टसका लागि ८२ औं मिनेटमा फेरेडिको चिसाले एक गोल फर्काए । दोस्रो लेग आगामी मार्च ९ मा युभेन्टसको मैदानमा हुनेछ ।
प्रतिक्रिया