खेलकूद

प्रिमियर लीगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

हिमालय टिभी
२०७७ फागुन ६ गते ८:१८
प्रिमियर लीगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

६ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै छ ।

प्रिमियरलीग अन्तर्गत गएराति सिटीले एभर्टनलाई ३–१ गोलले पराजित गरेको हो । अवे मैदानमा फिल फोडेनको गोलबाट सिटीले ३२औं मिनेटमा अग्रता लिएको थियो । तर त्यसको पाँच मिनेटमै एभर्टनका रिचार्लिसनले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि सिटीका लागि ६३औं मिनेटमा रियाद महरेज र ७७औं मिनेटमा बरनान्डो सिल्वाले गोल थपेका थिए ।

जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अंक दूरी १० अंकले बढाएको छ । सिटीको २४ खेलबाट ५६ अंक हुँदा समान खेलबाट दोस्रो स्थानको युनाइटेड र तेस्रो स्थानको लेष्टर सिटीको ४६–४६ अंक छ ।

लीगअन्तर्गत नै अर्को प्रतिस्पर्धामा बर्नली र फूलह्यामले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्