समाज

बोर्डिङ छाडेर सरकारी स्कूलमा भर्ना हुने बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ६ गते ६:०३
बोर्डिङ छाडेर सरकारी स्कूलमा भर्ना हुने बढ्दै (भिडियो रिपोर्टसहित)

६ फागुन २०७७ बाँके । देशैभरका सरकारी बिद्यालयमा शैक्षिक गुणस्तर खस्किरहेका बेला बाँकेको खजुरास्थित ज्ञानोदय नमूना माध्यामिक विद्यालय भने विद्यार्थीको पहिलो रोजाईमा पर्ने गरेको छ । बोर्डिङ स्कुल छाडेर यो सरकारी विद्यालयमा भर्ने हुने विद्यार्थी वर्षेनी बढ्दै गएका छन् ।

बाँकेको खजुरास्थित ज्ञानोदय नमूना माध्यामिक विद्यालयमा खजुरा क्षेत्रका बोडिङ स्कुल छाडेर बर्षेनी १ सयदेखि १ सय ५० जना विद्यार्थी भर्ना हुने गरेका छन् । ज्ञानोदय माविले नर्सरीदेखि कक्षा ३ सम्म र कक्षा ८, ९ र १० मा अंग्रेजी माध्याममा पढाइ सुरु गरेपछि बोडिङ स्कुल छाडेर आउने बिद्यार्थीको संख्या बढ्दै गएको छ । पढाई राम्रो हुने गरेकाले बोर्डिङ्ग छाडेर यो स्कूलमा भर्ना भएको विद्यार्थी बताउँछन् ।

ज्ञानोदय माविमा योग्य र अनुभवी शिक्षक छन् । शिक्षकले कक्षा कोठामा छलफल गराएर, बुझाएर पढाउँछन । बुझेर पढेको विषय याद गर्न धेरै सजिलो हुने विद्यार्थीको अनुभव छ ।

प्रयोगात्मक अभ्यासका लागि यो विद्यालयमा पूर्वधारको व्यवस्था छ ।

राम्रो शैक्षिक वातावरण र विद्यार्थीको सिकाई राम्रो भएका कारण ज्ञानोदय माविमा विद्यार्थीको चाप बर्षेनी बढ्दै गएको छ ।

विद्यार्थीको संख्या धेरै भएका कारण विद्यालय बिहान र दिउँसो गरेर दुई सिफ्टमा संचालन गर्न थालिएको छ । यो बर्ष ज्ञानोदय माबिमा बिद्यार्थीको संख्या १४ सय ७७ पुगेको छ ।

तीमध्ये ४२ प्रतिशत अर्थात ६ सय ३४ जना छात्रा छन् । फि पनि नलाग्ने, पढाई पनि बोडिङको भन्दा राम्रो भएका कारण अहिले विद्यार्थीको रोजाइमा ज्ञानोदय मावि पर्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *