विदेश

चीन बन्यो ईयूको सबैभन्दा ठुलो व्यापार साझेदार

हिमालय टिभी
२०७७ फागुन ५ गते १५:२४
चीन बन्यो ईयूको सबैभन्दा ठुलो व्यापार साझेदार

५ फागुन २०७७ काठमाडौं । युरोपियन युनियन ईयू र चीनबीच ब्यापार लगानीसम्बन्धी महत्वपूर्ण सहमति भएको छ ।

पछिल्लो पटक भएको सहमतिपछि चीन ईयूको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । यसअघि अमेरिका युरोपियन युनियनको सबैभन्दा ठूलो व्यापार साझेदार थियो ।

सन् २०२० मा ईयु र अमेरिकाबीच ६ खबै ७१ अर्व अमेरिकी डलरको बराबरको आयात निर्यात सम्झौता भएको थियो । ईयुले पछिल्लो पटक चीनसँग ७ खर्व ९ अर्व अमेरिकी डलर बराबरको व्यापार सम्झौता भएको हो ।

कोरोना महामारीका कारण सबै देशका अर्थतन्त्र सेलाएको बेला चीन यस्तो देश हो, जसले अर्थतन्त्रमा सुधार गरेको थियो । यो सम्झौताका लागि सन् २०१४ देखि नै दुई पक्षबीच पटक पटक वार्ता भएको थियो । तर, केही बुँदामा ईयूले असहमति जनाएका कारण सहमति हुन सकेको थिएन ।

पछिल्लो समय चीन र अमेरिकाबीचको तनावका कारण चीन केही लचक भएपछि सम्झौताले मूर्तरुप लिएको हो । यस्तै बेलायत ईयूबाट बाहिरिएपछि पनि यो सम्झौता सहज भएको हो । सम्झौतासँगै चीनको उत्पादन क्षेत्र युरोपेली कम्पनीसँग जोडिनेछ ।

भौतिक निर्माण, विज्ञापन, हवाई संजाल र दूरसञ्चार जस्ता ठूला परियोजनामा ईयू र चीन साझेदार बनेका छन् ।

यसअघि चीनले ईयूको उर्जा बजारमा पहुँचको माग गरेको थियो । तर, राष्ट्रिय सुरक्षासँग जोडिएको भन्दै ईयूले यसमा असहमति जनाएको थियो । अब चीनले नवीकरणीय उर्जामा पहुँच बनाउन पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *