आर्थिक
सुनको भाउ आज केही सस्तियो
२०७७ फागुन ५ गते १३:१४

५ फागुन २०७७ काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा केही गिरावट आएको छ।
आज छापावाल सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० कायम भएको छ । त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोवार भइरहेको महासंघले जनाएको छ।
पछिल्लो समय लगातार ओलालो लागेको सुनको मूल्य हिजो भने तोलामा दुई सय बढेको थियो ।
प्रतिक्रिया