खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन ५ गते ९:०१
राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै

५ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।

लीगअन्तर्गत आजको पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । आजको खेल आर्मीका लागि महत्वपूर्ण रहेको छ ।

दोस्रो स्थानको आर्मीलाई उपाधिको सम्भावना कायमै राख्न आज जित्नैपर्ने दबाव छ । तर पुलिस विजयी भए वा खेल बराबरी भए शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ ।

आर्मीको १० खेलबाट २५ अंक हुँदा पाँचौं स्थानको पुलिसको १४ अंक छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल मध्यान्ह १२ बजे शुरु हुनेछ ।

यस्तै आजै हुने अर्को खेलमा शीर्ष स्थानको सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । आज विराटनगरलाई हराउँदै एपीएफले एक खेल अगावै उपाधि उचाल्ने लक्ष्यमा रहनेछ ।

एपीएफलाई उपाधिका लागि मात्र एक अंकको आवश्यकता छ । एपीएफले १० खेलबाट ३० अंक जोड्दा तेस्रो स्थानमा रहेको विराटनगरको ११ खेलमा १६ अंक छ । एन्फा कम्प्लेक्समा नै हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्