च्याम्पियन्स लीग फूटबलमा लिभरपुल र पीएसजी विजयी
५ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा लिभरपुल र पीएसजी विजयी भएका छन्।
च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले लाइप्जिगमाथि २–० को जित निकालेको छ । अवे मैदानमा लिभरपुलको जितमा मोहमेद सलाह र साडियो मानेले गोल गरेका थिए ।
सलाहले ५३औं र मानेले ५८ औं मिनेटमा गोल गरे । दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा मार्च १० तारिखमा हुनेछ ।
यस्तै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले बार्सिलोनालाई ४–१ गोलले स्तब्ध बनायो । घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनाले २७औं मिनेटमा कप्तान लियोन मेस्सीको पेनाल्टी गोलसँगै अग्रता बनाएको थियो ।
तर त्यसपछि पीएसजीले लगातार चार गोल थपेको थियो । उसका लागि केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरे । एम्बाप्पेले ३२औं, ६५औं र ८५औं मिनेट गरी तीन गोल गरेका थिए ।
त्यस्तै मोइसी कियनले अर्को एक गोल गरेका थिए । दोस्रो लेग पेरिसमा मार्च २० तारिखमा हुनेछ ।
प्रतिक्रिया