खेलकूद

सेरेना विलियम्स अष्ट्रेलियन ओपम टेनिसको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७७ फागुन ४ गते १८:१४
सेरेना विलियम्स अष्ट्रेलियन ओपम टेनिसको सेमिफाइनल प्रवेश

४ फागुन २०७७ मेलवर्न । विश्व नम्बर दुई सिमोना हालेपलाई हराउँदै पूर्व नम्बर एक खेलाडी सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

मेलवर्नमा आज भएको खेलमा रोमानियन हालेपलाई ६–३, ६–३ को सेटमा हराउँदै सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् । सेरेना करियरको २४ औं ग्राण्डस्लाम जित्दै सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने लक्ष्यमा छिन् ।

जितसँगै ३९ वर्षीया सेरेनाले फाइनल प्रवेशका लागि विश्व नम्बर तीन जापानी खेलाडी नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्नेछिन् ।

आज बिहान सम्पन्न क्वाटरफाइनलमा चाइनिज ताइपेइकी सीहे सु वुई लाई हराउँदै ओसाकाले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । ओसाकाले सीहेलाई ६–२, ६–२ को सोझो सेटमा हराइन् ।

पुरुष एकलतर्फ रुसका असलन कारात्सेभ पनि अन्तिम चारमा पुगेका छन् । उनले बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई २–६, ६–४, ६–१ र ६२ ले हराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्