कला/मनोरञ्जन
मदनकृष्ण श्रेष्ठको स्वरमा फूलबुट्टे सारीमा म्युजिक भिडियो सार्वजनिक
२०७७ फागुन ४ गते १७:२३

४ फागुन २०७७ काठमाडौं । मदनकृष्ण श्रेष्ठको स्वरमा फूलबुट्टे सारी अग्रज संस्करण सार्वजनिक भएको छ ।
देवीथान म्युजिक कम्पनीले बजारमा ल्याएको फूलबुट्टे सारी अग्रज संस्करण सरस्वती पूजाको अवसर पारेर आज सार्वजनिक गरिएको हो ।
राजेश पुमा राईको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अभिनय गर्नु भएको छ ।
फूलबुट्टे सारी १२ वर्ष अघि राजनराज शिवाकोटीको शब्द र संगीतमा पहिलो पटक सार्वजनिक भएको थियो ।
पुरुष, महिला र बाल संस्करणको सफलतापछि यो गीतको अग्रज संस्करण ल्याइएको हो । फूलबुट्टे सारी पछिल्लो समय टिकटकमा भाइरल भइरहेको छ ।
प्रतिक्रिया