खेलकूद

इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा भारत ३ सय १७ रनले विजयी

हिमालय टिभी
२०७७ फागुन ४ गते १४:००
इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा भारत ३ सय १७ रनले विजयी

४ फागुन २०७७ चेन्नाई । इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारत ३ सय १७ रनले विजयी भएको छ ।

दोस्रो टेष्टअन्तर्गत आज चेन्नईमा चौथो दिन भारतले इंग्ल्याण्डमाथि ‍३ सय १७ रनको शानदार जित निकालेको हो । जितका लागि ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १ सय ६४ रनमै अलआउट भएको थियो ।

दोस्रो इनिङमा इंग्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ४३ रन जोडे । त्यस्तै कप्तान जोय रुट ३३, डान लरेन्स २६ तथा रोरी बर्नस २५ रनमा आउट भएका थिए । बलिङमा भारतका अक्षर पटेलले पाँच, रविन्द्रन आश्विनले तीन तथा कुलदीप यादवले दुई विकेट लिए ।

यसअघि भारत पहिलो इनिङमा ३ सय २९ रन अलआउट हुँदा इंग्ल्याण्ड भने १ सय ३४ रनमै समेटिएको थियो । त्यसपछि भारतले दोस्रो इनिङमा २ सय ८६ रन बनाएपछि पाहुना टोली इंग्ल्याण्डले ४ सय ८२ रनको विशाल लक्ष्य पाएको थियो ।

जितसँगै चार टेष्ट खेलको श्रृंखला ११ को बराबरी भएको छ । पहिलो टेष्ट इंग्ल्याण्डले ‍२ सय २७ रनले जितेको थियो । टेष्ट क्रिकेटमा इंग्ल्याण्डविरुद्ध भारतको यो हालसम्मकै ठूलो जित हो ।

योभन्दा अघि सन् १९ सय ८६ मा भारतले इंग्ल्याण्डलाई उसैको घरेलु मैदान लिड्समा २ सय ७९ रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्