आर्थिक

सुनको भाउ तोलामा २ सय बढ्यो, प्रतितोला ९० हजार ९ सयमा कारोवार

हिमालय टिभी
२०७७ फागुन ४ गते १३:०४
सुनको भाउ तोलामा २ सय बढ्यो, प्रतितोला ९० हजार ९ सयमा कारोवार

४ फागुन २०७७ काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि भएको छ ।

केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ २० रुपैयाँ बढेर तोलाको एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *