अन्तर्वार्ता

निर्वाचन आयोग नै चुनावका पक्षमा नरहेको पूर्वप्रमुख आयुक्त यादवको आरोप (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ फागुन ४ गते १२:४५
निर्वाचन आयोग नै चुनावका पक्षमा नरहेको पूर्वप्रमुख आयुक्त यादवको आरोप (भिडियो कुराकानी)

४ फागुन २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाउनु भएको छ ।

आयोगकै कारण अव वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उहाँको भनाइ छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा. यादवले नेकपामा देखिएको विवाद समाधानमा सक्रियता नदेखाएका कारण अब बैशाखमा चुनाव हुन नसक्ने बताउनुभयो ।

आयोगले नेकपाको विवाद समाधानमा चासो नै नदेखाएको र नेकपाको विवाद समाधान नगरी चुनाव हुने कल्पना पनि गर्न नसकिने बताउनुभयो ।

उहाँले आयोगलाई कुनै दल वा व्यक्तिको प्रभावमा नपर्न पनि आग्रह गर्नु भएको छ । आफूहरुले भेटेरै आयोगलाई जिम्मेवार भएर निर्णय गर्न आग्रह गरे पनि त्यो हुन नसकेको उहाँको भनाइ छ ।

मुलुकको आवश्यकताका लागि फास्ट ट्रयाकबाट राजनीतिक दल सम्बन्धी ऐन, नियम र यसअघिका नजिरका आधारमा निर्णय गर्न आयोगलाई कुनै कठिनाइ नभएको यादवको भनाइ छ ।

विवाद गरिरहेका दलहरुले दावी गर्दासम्म चुनाव चिन्ह, दलको नाम, झण्डा फ्रिज गर्न नपाउने र आयोगलाई त्यो अधिकार नै नभएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्