खेलकूद
महिला लीग फूटबलमा आज चन्द्रपुर र चौदण्डीगढी नगरपालिका भिड्दै
२०७७ फागुन ४ गते ८:०१

४ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज एक खेल मात्र हुँदैछ ।
प्रतियोगिता अन्तर्गत आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।
चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ ।
उता चौदण्डीगढी आज पहिलो जितको खोजीमा हुनेछ । लगातार १० खेलमा हार व्यहोरेको चौदण्डी अंकविहीन रहँदै तालिकाको पुछारमा छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।
प्रतिक्रिया