प्रिमियर लीगमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी

४ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी भएका छन् ।
प्रिमियर लीग अन्तर्गत गएराति चेल्सीले न्यूक्यासल युनाइटेडलाई २–० गोलले हरायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
उसका लागि ३१औं मिनेटमा ओलिभर जिरुड र ३९ मिनेटमा टीमो वेर्नरले गोल गरेका थिए । जितसँगै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अंक भएको छ ।
यस्तै अर्को खेलमा वेष्टह्यामले सेफिल्ड युनाइटेडमाथि ३० गोलको जित निकाल्यो । घरेलु मैदानमा वेष्टह्यामले ४१औं मिनेटमा डेक्लन राइसको गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि उसका लागि ५८औं मिनेटमा इशा डोप र इञ्जुरी समयमा रियान फ्रेडेरिक्सले गोल थपेका थिए । जितपछि २४ खेलबाट ४२ अंक जोडेको वेष्टह्याम तालिकाको पाँचौं स्थानमा पुगेको छ ।
प्रतिक्रिया