तीन वर्षमा प्रदेश २ सरकारले उदाहरणीय काम गरेको मुख्यमत्री राउतको दाबी

हिमालय टिभी
२०७७ फागुन ३ गते १८:२६
तीन वर्षमा प्रदेश २ सरकारले उदाहरणीय काम गरेको मुख्यमत्री राउतको दाबी

३ फागुन २०७७ जनकपुरधाम । प्रदेश २ सरकारले ३ वर्षे कार्यकालमा सुशासनको क्षेत्रमा उदाहरणीय काम गरेको दावी गरेको छ ।

प्रदेश सरकार गठनको ३ वर्ष पूरा भएको अवसरमा आज जनकपुरधाममा भएको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले आफूहरु लोकपाल ऐन बनाउने पहिलो प्रदेश भएको दावी गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय प्रणाली कार्यान्वयनका लागि संघीय सरकारविरुद्व गरेको मुद्दा मामिलालाई समेत उपलब्धीका रुपमा पेश गर्नुभयो ।

हालसम्म प्रदेश प्रमुखबाट ३९ वटा विधेयक प्रमाणित भई कार्यान्वयनमा आएको छ भने २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन रहेको प्रदेश सरकारको प्रगति विवरणमा उल्लेख छ ।

प्रत्येक वर्ष आइपर्ने विपद, संक्रामक रोगको प्रकोप, सेवा प्रवाहमा जनशक्तिको अपर्याप्तता, संघीय कानून समयमै नबन्दा प्रदेश कानून निर्माण र कार्यान्वयनमा जटिलता, जस्ता कारणले प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रदेश सरकारले कठिनाईको समेत सामना गर्नु परिरहेको प्रदेश सरकारको दावी छ ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपको गठबन्धन सरकारको नेतृत्व गर्दै राउत २०७४ साल फागुन ३ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *