खेलकूद

महिला लीग फूटबलमा वालिङ विराटनगर महानगरसँग १–० गोल अन्तरले पराजित

हिमालय टिभी
२०७७ फागुन ३ गते १८:१४
महिला लीग फूटबलमा वालिङ विराटनगर महानगरसँग १–० गोल अन्तरले पराजित

३ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० गोल अन्तरले हराएको छ ।

विराटनगरको जीतमा भारaतीय खेलाडी आशा कुमारीले ५ औं मिनेटमा फ्रि किकबाट गरेको गोल निर्णायक बनेको थियो । जीतसँगै विराटनगर ११ खेलबाट १६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

१४ अंकसहित वालिङ चौथो र उति नै अंक भएको पुलिस पाँचौ स्थानमा छ ।

यसअघि एको खेलमा लीगको शीर्ष स्थानको एपीएफले अपराजित यात्र कायमै राखेको छ । विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई हराएको छ ।

एपीएफले आफ्नो दशौं खेलमा आज नेपाल पुलिस क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको विभागीय डर्बीमा एपीएफले २–१ गोल अन्तरले पुलिसलाई हरायो ।

एपीएफका लागि रबिना गोलेले एक गोल गरिन् भने अर्को गोल आत्मघाती पायो । ६८ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरेपछि एपीएफले अग्रता लिएको थियो ।

त्यसको ७ मिनेटमै अमृता जैशीले डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै पुलिसलाई खेलमा फर्काइन् ।

जारी लीगमा एपीएफले खाएको यो नै पहिलो गोल हो । ७९ औं मिनेटमा मैदान प्रवेश गरेकी रबिनाले ८५ औ मिनेटमा गोल गरेपछि एपीएफ विजयी भएको थियो ।

अपराजित एपीएफले १० खेलबाट ३० अंक जोडेको छ । उसले अब बाँकी दुईमध्ये एक खेल जितेमा पनि उपाधि जित्नेछ । दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको १० खेलबाट २५ अंक छ ।

लीगमा भोलि चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्