नेपाली फूटबल अब छिट्टै लयमा फर्कन्छ : एन्फा प्रवक्ता किरण राई (भिडियो कुराकानी)
३ फागुन २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले नेपाली फूटबल व्यावसायिकताको प्रारम्भिक चरणमा प्रवेश गरिसकेको बताउनु भएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै प्रवक्ता राईले फूटबल खेलाडीलाई खेलेरै बाँच्ने अवस्थामा पुर्याउन एन्फाको प्रयास जारी रहेको दाबीसमेत गर्नुभयो । एन्फाको यो अभियानमा सरकारले पनि सहयोग गर्नुपर्ने प्रवक्ता राईको भनाइ छ ।
एन्फाको नयाँ नेतृत्व आएको तीन वर्ष पूरा हुन लागेको छ । २०७५ बैशाखमा गठित कार्यसमितिले नेपाली फूटबलको विकासमा धेरै कामहरु गरेको राईको दाबी छ ।
खेल र खेलाडीको विकासका लागि विभिन्न नीतिहरु बन्ने क्रममा रहेको पनि राईले बताउनु भयो । तर, पछिल्लो समय एन्फामा कार्यसमितिकै सदस्यहरुबीच मतान्तर देखिँदै आएको छ । प्रवक्ता राईका अनुसार यो मतान्तर पनि फूटबलको हितका लागि हो ।
प्रतिक्रिया