समाज

मूर्तिकलामा रमाउँदै युवा

हिमालय टिभी
२०७७ फागुन ३ गते १३:५५
मूर्तिकलामा रमाउँदै युवा

३ फागुन २०७७ मोरङ । माटाका मूर्ति बनाउने पेशाप्रति युवाहरुको आकर्षण वृद्धि भएको छ । यही फागुन ४ गते हुने बसन्तपञ्चमी(सरस्वती) पूजाको लागि आवश्यक पर्ने मूर्तिहरु निर्माणका कार्यमा बुबाकै पेशमा छोराहरु पनि साथ दिइरहेका छन् ।

मोरङको विभिन्न विद्यालय तथा सार्वजनिक स्थानमा धुमधामसँग मनाइने सरस्वती पूजाका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा युवाहरुको सङ्लग्नता उल्लेखनीय रुपमा देखिन्छ ।

सीपमा पोख्त मूर्ति कलाकारले मानिसहरुले रोजे अनुसारका मूतिहरु बनाउँछन् र बिक्री गर्छन । यस पेशा बाह्रै महिना नचलेपनि चाडपर्वका बेला र खासगरी बशन्तपञ्चमीमा मनाईने सरस्वती पूजाका लागि मूतिहरु अत्यधिक बिक्री हुन्छन् । यसबाट राम्रो आम्दानी हुन थालेपनि सिल्पकारका सन्तानहरु पनि यसैमा आवद्ध हुन थालेको पाइएको छ ।

श्रम धेरै र लागत कम लाग्ने यस व्यावसायका मानिसहरुले माटो सङ्कलन गर्छन र त्यसमा भुस हालेर माटो मलेर मूर्ति बनाउँछन् । मूर्ति बनाउँदा सोही अनुसारको रङ्गरोगन गर्ने मूर्ति कलाकार मोरङको कटहरी गाउँपालिका –६ का १७ वर्षिय प्रदीप यादवले जानकारी दिनुभयो । उहाँले विगत पाँच वर्षदेखि बाबुले मूर्ति बनाउने कार्यमा सहयोगीको रुपमा कार्य गरिरहेको र अहिले राम्रो आम्दानी आर्जन गर्नुका साथै यस कार्यमा रमाइलो लागेको बताउनुहुन्छ ।

माध्यमिक शिक्षा परीक्षा सम्पन्न गर्नुभएका उहाँले मूर्तिकला विषय लिई अध्ययन गर्ने र उत्कृष्ट कलाकारका बन्ने सोच रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका बुबा ४० वर्षीय शम्भु यादवले विगत १० वर्षदेखि मूर्ति बनाउने पेशामा संलग्न हुनुहुन्छ । सुनसरीको इनरुवाका रहेका प्रवचन गुरु स्वर्गीय हन्सि दासको सहयोगीको रुपमा कार्य गरी यस कलामा दक्षता हासिल गरेको र अहिले आफैले मूति बनाएर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

मोरङको कटहरी गाउँपालिका –४ नयाँ बजारमा वहालमा लिएको जग्गामा चार सहयोगीका साथ अहिले सरस्वतीको मूर्ति निर्माणमा अन्तिम रुप दिइरहनुभएको छ ।

मूर्ति निर्माणका लागि कच्चा पदार्थको रुपमा माटो, पराल, सुत्ली(सनपाटको डोरी),काँटी, सनपाट, सजावटको कपडा, मुकुट, कपाल(केस), विभिन्न किसिमका रङ,नक्कली गहना आवश्यक पर्ने उहाँको भनाई छ ।

आवश्यक पर्ने कच्चा पदार्थ मध्ये बाँस, माटो, सुत्ली, काँटी र श्रम मात्र स्वदेशी रहेको अन्य सम्पूर्ण सामाग्री भारतको विहार तथा पश्चिम वङ्गगालबाट खरीद गर्नु पर्ने टड्कारो रहेको उहाँले बताउनुहुन्छ । उहाँले कोरोना महामारीका कारण गत वर्षजस्तो यस वर्ष माग नरहेको जनाउँदै पहिला नै माग गरे अनुसार नै मूर्तिको निर्माण गरिरहेकोे जानकारी दिनुभयो । कोरोना सन्त्रासको कारण यसवर्ष सार्वजनिक स्थानमा युवाहरुले ठूलो उत्सवको रुपमा सरस्वती पूजा मनाउने कार्य नगरेकोले मूर्ति बिक्रीमा कमी आएको अनुभव उहाँले सुनाउनु भयो ।

उहाँले विभिन्न चाँड पर्व र उत्सवका लागि सिमेन्ट तथा माटोको मूर्ति निर्माणका लागि स्थलगत रुपमा विराटनर,मोरङका सबै ग्रामीण क्षेत्र, सप्तरी, सुनसरी र झापामा गइ मूति बनाउने गरेको जानकारी दिनु भयो ।

उहाँले कृष्ण जन्माष्टमी(भगवान कृष्ण)को , दशैंमा माता दुर्गाको,छठ,जितिया,भगवान अनन्त, भगवान विश्वकर्मा, एकादशीमा भगवान विष्णुको, सलेस, राम नवमी लगायतका पर्वहरुमा मूर्ति बनाउनका माग आउने गरेको बताउनु भयो । मूर्तिहरु रु दुई हजार ५०० सयदेखि रु आठ हजारसम्म रहेका छन् । मूर्तिका आकार अनुसार मेहनत अद्यावधिक लाग्ने हुनाले यसमा ७५ प्रतिशत मुनाफा हुने बताइएको छ । उहाँको मूर्ति निर्माण स्थलमा विगत छ वर्षदेखि रङ्ग भर्ने कार्य गरिरहेका १९ वर्षिय अजय सरदारले यस कार्यबाट आफूलाई पारिश्रमिक र आम्दानी राम्रो भइरहेको जानकरी दिनुभयो ।

विगतमा नगरमा रहेका १९ वडामा धुमधामका साथ मनाइने सरस्वती पूजाका लागि युवा तथा विद्यार्थीहरुले उठाउने सरस्वती पूजाको चन्दा समेत लिन नआएको एक व्यावसायीले बताउनु भएको छ । औषधिको थोक बिक्रेता विराटनगर–१० का राजेशसिंह डङ्गोलले विगतका वर्षमा चन्दा माग्नेको एक महिना अगाडिदेखि नै चाप हुने गरेकोमा यस वर्ष शून्य रहेको जानकारी दिनु भयो ।

नगर क्षेत्रमा पुजाको दिन ५०० मिटरको दूरीमा साउण्डसिस्टमबाट ठूलो आवाजका साथ नेपाली र हिन्दी गीत बजाउँदै टेण्टमा यूवाहरुहरुको बिहानदेखि नै ठूलो भीड लाग्ने गरेकोमा यस वर्ष न्यून रहेको पाइएको छ ।

यस्तै भारतको अररिया जिल्ला फारबिसगञ्जका भारतीय नागरिक टुनटुनकुमार पण्डितले विगत पाँच वर्षदेखि मूर्ति बनाउने कार्य गरिरहेको जनाउँदै आफुनो बाबुबाट यो सीप सिकेको जानकारी दिनु भयो । उहाँले साँचोमार्फत मूर्तिको आकृति निर्माण गरी अन्य कार्य हातले गर्ने गरेको र एउटा मूर्ति पूर्ण रुपमा तयार गर्न दुई दिन लाग्ने बताउनु भयो ।

कटहरी–१ स्थित बहालमा लिएको खाली जग्गामा आफ्नो तीन जना भारतीय सहयोगीका साथ निर्माण गरिरहेका पण्डितले एउटा मूर्तिको न्यूनतम रु एक हजार ३०० देखि तीन हजारसम्म पर्ने बताउनु हुन्छ ।

मूर्ति निर्माणमा श्रृङ्गार लगायतका अधिकांश सामाग्री भारतबाट खरीद गर्नुपर्ने बाध्यता रहेको जानकारी दिदैँ यसवर्षको पूजाको लागि ७० वटा मूर्ति निर्माण गरेको र यो सम्भवतः आजै सबै बिक्री हुन्छ भन्नुभयो । पण्डितले विगतमा सिकर्मी थिए तर अहिले राम्रो मूर्तिकार भएका छन् ।

जय माँ काली मूर्ति कला केन्द्र विराटनगर– ३ का ७८ वर्षिय बङ्गाली भाषी नेपाली दिनेशचन्द्र महतोका १० को परिवार यसैको माध्यमबाट चलिरहेको छ । उहाँले गएको वर्षमा १०० वटा मूति अहिलेको सिजनमा बिक्री गरेको थिए तर यवर्ष व्यापारमा केही कमी आएको स्वीकार्नुभयो । केन्द्रमा सरस्वतीको मूर्ति रु २०० देखि रु पाँच हजार ५०० सम्मको ९५ वटा बिक्रीका लागि निर्माण गरेको जानकारी दिनु भयो ।

मूर्ति निर्माण कार्यमा स्वदेशी युवाहरुलाई दक्षता प्रदान गर्न तालीमको व्यवस्था सरकारले गरेमा विदेशी मूर्तिकलाकार स्वतः नियन्त्रण हुने बताइएको छ । साथै यसक्षेत्रमा धेरै रोजगारी सिर्जना सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *