खेलकूद
राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै
२०७७ फागुन ३ गते ८:५१
३ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।
महिला लीग अन्तर्गत आजको पहिलो खेलमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
प्रतियोगितामा हालसम्म अपराजित एपीएफ ९ खेलमा २७ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ। उता ९ खेल खेल्दै १४ अंक जोडेको पुलिस चौथो स्थानमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह १२ बजे शुरु हुनेछ ।
उता आजै हुने अर्को खेलमा स्याङजाको वालिङ नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो स्थानमा रहेको वालिङले ९ खेलबाट १४ अंक जोड्दा विराटनगर १० खेलबाट १३ अंकसहित पाँचौं स्थानमा छ । एन्फा कम्प्लेक्समा नै हुने दिउँसो ३ बजे शुरु हुनेछ ।
प्रतिक्रिया