खेलकूद
वेष्टब्रोमलाई बराबरीमा रोक्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लीगको दोस्रो स्थानमा
२०७७ फागुन ३ गते ७:५८

३ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबल म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ ।
प्रिमियर लीगअन्तर्गत वेष्टब्रोमसँग एकएक गोलको बराबरीमा रोकिए पनि युनाइटेड गोल अन्तरका आधारमा दोस्रो स्थानमा पुगेको हो ।
घरेलु मैदानमा वेष्टब्रोमले दोस्रो मिनेटमै मेबे डाएग्नेको गोलबाट अग्रता बनाएको थियो । तर ४४औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डिसले गोल गर्दै खेल एक(एकको बराबरी गरेका थिए ।
त्यसपछि खेलमा थप गोल हुन सकेन । बराबरीसँगै युनाइटेडको २४ खेलबाट ४६ अंक भएको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको २३ खेलबाट ५३ तथा तेस्रो स्थानको लेष्टर सिटीको २४ खेलबाट ४६ अंक नै छ ।
लीग अन्तर्गत नै गएराति आर्सनलले लिड्स युनाइटेडमाथि ४२, उल्फ्सले साउथह्याम्टनमाथि २–१ र फूलह्यामले एभर्टनमाथि २–० को जित निकाले ।
प्रतिक्रिया