खेलकूद
रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा फर्कियो
२०७७ फागुन ३ गते ७:५०
३ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड दोस्रो स्थानमा फर्किएको छ ।
ला लिगाअन्तर्गत गएराति भ्यालेन्सियामाथि २–० को नजिता निकाल्दै रियल फेरि तालिकाको दोस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा रियलका लागि करिम बेञ्जिमाले शुरुवाती गोल गरेका थिए ।
त्यसपछि ४२औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए । जितसँगै रियलले २३ खेलबाट ४९ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २१ खेलबाट ५४ अंक छ ।
यस्तै रियल सोसिडाडले गेटाफेलाई १–०, रियल बेटिसले भिल्लारियाललाई २–१ तथा ओसासुनाले लेभान्टेलाई १–० ले हराए ।
प्रतिक्रिया