राजनीति

अरु दलले साथ नदिएपछि प्रचण्ड–नेपाल समूहले थाल्यो एक्लै आन्दोलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २ गते १८:२१
अरु दलले साथ नदिएपछि प्रचण्ड–नेपाल समूहले थाल्यो एक्लै आन्दोलन (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । अरु दलको साथ नपाएपछि नेकपाको प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध एक्लै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

फागुन पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुने दावी गर्दै आएको प्रचण्ड–नेपाल समूहले फागुन ५ गतेदेखि २१ गतेसम्मका लागि एकल आन्दोलन घोषणा गरेको हो ।

केन्द्रीय संघर्ष समितिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । प्रतिनिधिसभा पुनर्स्थापनाको प्रमुख एजेन्डासहित अर्को चरणको आन्दोलन घोषणा गरिएको संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिनुभयो । संवैधानिक नियुक्ति र काम चलाउ सरकारका निर्णय पनि आन्दोलनका एजेण्डा छन् ।

संसद विघटनको विरोधसँगै महंगी र महिला हिंसाको विरोधमा प्रचण्ड– नेपाल समूहले मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ । यस्तै ७ गतेदेखि १५ गतेसम्म संविधान र सार्वजनिक स्थलमा हस्ताक्षर संकलन हुने पनि प्रचण्ड नेपाल समूहले जनाएको छ ।

फागुन ९ गते महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाको विरोध, फागुन १४ गते काठमाण्डौमा युवा र १५ गते किसान र सुकुम्बासी मोर्चाको प्रदर्शन हुनेछ । शक्ति प्रदर्शनको होडलाई यो समूहले पनि जारी नै राख्ने भएको छ ।

फागुन १२ गते चितवन, २१ गते दाङ्ग र जनकपुरमा विरोध सभा र प्रदर्शन हुने संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो । आन्दोलन सफल हुने र संसद पुनर्स्थापना हुने प्रवक्ता एवं केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले दावी गर्नुभयो ।

तेस्रो चरणको आन्दोलनअन्तर्गत फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडामा विरोध कार्यक्रम गर्ने फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतका कार्यक्रम गर्ने पनि प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्