आर्थिक

विराटनगरमा लयमा फर्किँदै व्यापार, राजस्व संकलनमा वृद्धि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २ गते १७:५०
विराटनगरमा लयमा फर्किँदै व्यापार, राजस्व संकलनमा वृद्धि (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ मोरङ । कोरोना महामारीबाट प्रभावित भएको उद्योग व्यापार क्षेत्र पुरानै लयमा फर्किन थालेसँगै राजश्व संकलन पनि उत्साहजनक बन्दै गएको छ । झण्डै ६ महिनासम्म संकटग्रस्त अवस्थाबाट गुज्रिएको उद्योग र व्यापार क्षेत्र बिस्तारै लयमा फर्किएसँगै राजश्व संकलन पनि बढ्न थालेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको मध्यवधिसम्म लक्ष्यअनुसार नै कर संकलन गरेको छ । कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा राजश्व संकलन ११ प्रतिशतले बढी भएको छ । पुस मसान्तसम्म आयकर ३, मुल्य अभिवृद्धि कर २७ र अन्तःशुल्क ८ प्रतिशतले बढेको छ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्म आयकरतर्फ १ अर्ब १६ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिइएको थियो । तर १ अर्ब ५४ करोड ८४ लाख रुँपैया संकलन गरी लक्ष्यभन्दा १ सय ३३ प्रतिशत प्रगति हासिल भएको छ ।

सोही अवधिमा मूल्य अभिवृद्धि करतर्फ ७१ करोड ६६ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । कार्यालयले १ अर्ब १४ करोड २३ लाख संकलन गरी १ सय ५९ प्रतिशत प्रगति हासिल गरेको छ । अन्तशुल्कतर्फ पनि २ अर्ब ३ करोड ४४ लाख राजश्व संकलनको लक्ष्य लिएकोमा १ अर्ब २० करोड ८९ लाख मात्रै संकलन गरिएको छ । जुन लक्ष्यको तुलनामा ५९ प्रतिशत मात्रै हो ।

उद्योग र व्यापार क्षेत्रको अवस्था सुधार भए पनि अस्पताल र पर्यटन क्षेत्रमा हुने आम्दानीमा भने गिरावट आएको कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएका छन् । जसले गर्दा चालु वर्षको पहिलो ६ महिनामा पर्यटनसँग सम्बन्धित व्यवसायबाट अपेक्षित राजश्व संकलन नभएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *