आर्थिक

विद्युत वितरण सञ्जाल पुरानो र अपर्याप्त भयोः कार्यकारी निर्देशक शाक्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २ गते १६:२८
विद्युत वितरण सञ्जाल पुरानो र अपर्याप्त भयोः कार्यकारी निर्देशक शाक्य (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताउनुभएको छ ।

शाक्य कार्यकारी निर्देशक नियुक्त भएकोमा बधाई तथा शुभकामना दिन विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा उहाँले आपूर्ति यथेष्ट भए पनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताउनुभयो ।

उहाँले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले विद्युतको माग तथा खपत बढाउनका लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो

कार्यकारी निर्देशक शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको तर त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताउनुभयो ।

खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने भन्दै कुलमान घिसिङको कार्यकाल दोहोर्‍याउन अस्वीकार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई भने बिना प्रतिस्पर्धा कार्यकारी निर्देशक नियुक्त गर्नुभएको हो । घिसिङको कार्यकाल गत मंसिरमा सकिएको थियो । त्यसयता शाक्यले निमित्त कार्यकारी निर्देशक भएर काम गर्दै आउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *