खेलकूद

प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजय यात्रा कायमै

हिमालय टिभी
२०७७ फागुन २ गते ८:३०
प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजय यात्रा कायमै

२ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै छ ।

प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा सिटीले टोटेनह्याममाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदानमा सिटीका लागि इल्के गुण्डोगानले दुई तथा रोड्रीले एक गोल गरेका थिए ।

रोड्रीले २३औं तथा गुण्डोगानले ५०औं र ६६औं मिनेटमा गोल गरे । जितपछि सिटीले २३ खेलबाट ५३ अंक जोडेको छ ।

उता साविक विजेता लिभरपुलाई ३–१ ले हराउँदै लेष्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । जितपछि लेष्टरको २४ खेलबाट ४६ अंक भएको छ ।

उता पराजित लिभरपुल ४० अंकसहित चौथो स्थानमा कायमै छ । लीग अन्तर्गत नै गएराति बर्नलीले क्रिष्टल प्यालेसलाई ३० ले हराउँदा ब्राइटन र एष्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्