ला लिगामा एटलेटिको मड्रिडसँग ग्रानाडा २–१ गोल अन्तरले पराजित

२ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ ।
ला लिगाअन्तर्गत गएराति एट्लेटिकोले ग्रानाडामाथि २–१ गोलको जित निकालेको हो । अवे मैदानमा खेलको ६३औं मिनेटमा एट्लेटिकोले मार्कोस लोरेन्टेको गोलसँगै अग्रता लिएको थियो ।
तर तीन मिनेटपछि नै ग्रानाडाका यान्जेल हेरेराले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि ७५औं मिनेटमा एञ्जल कोरियाले गोल गरेपछि एट्लेटिको समग्रमा २–१ ले विजयी भयो ।
जितपछि एट्लेटिकोले २१ खेलबाट ५४ अंक जोडेको छ ।
उता अलाभेसमाथि ५–१ गोलको शानदार नतिजासहित बार्सिलोना तालिकाको दोस्रो स्थानमा फर्किएको छ ।
घरेलु मैदानमा बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिनकाओले दुईदुई तथा जुनियर फिर्पोले एक गोल गरेका थिए । अलाभेसका तर्फबाट लुइस रिओजाले सान्त्वना गोल फर्काए । जितसँगै बार्सिलोनाको २२ खेलबाट ४६ अंक भएको छ ।
यस्तै अन्य खेलमा सेभियाले ह्यूस्कामाथि एकशुन्यको जित निकाल्दा इबर र रियल भालाडोलिड एक(एकको बराबरीमा रोकिए ।
प्रतिक्रिया