खेलकूद

गण्डकीले जित्यो टाइगर कप भलिबलको उपाधि, महिलातर्फ पुलिस च्याम्पियन

हिमालय टिभी
२०७७ फागुन १ गते १८:३४
गण्डकीले जित्यो टाइगर कप भलिबलको उपाधि, महिलातर्फ पुलिस च्याम्पियन

१ फागुन २०७७ पोखरा । पोखरामा भएको टाइगर कप क्लब भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ गण्डकी प्रदेशले जितेको छ । महिलातर्फ भने पुलिस क्लब च्याम्पियन भएको छ ।

पुरुषतर्फ आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । पोखरा रंगशालामा निकै रोमान्चक बनेको फाइनलमा पहिलो सेट गण्डकीले २५–२२ ले जितेको थियो ।

दोस्रो सेट २५–२१ ले जित्दै आर्मी खेलमा फर्कियो । तेस्रो सेटमा गण्डकीले ३२–३० को जित निकाल्दै २–१ को अग्रता बनायो । चौंथो सेट आर्मीले २५–२३ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि कव्जा गर्‍यो । उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार रुपैयाँ पाएको छ । आर्मीले ७५ हजारमा चित्त बुझायो ।

महिलातर्फ फाइनलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस क्लबले उपाधि जित्यो । पुलिसले एपीएफलाई २५–२२, २५–२२ र २५–२१ को सेटमा हराएको थियो ।

उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार रुपैयाँ नै पाएको छ । उपविजेता एपीएफले ७५ हजार पायो । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषतर्फ समान ४–४ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्