खेलकूद

महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध विराटनगर महानगरको २–१ को जित

हिमालय टिभी
२०७७ फागुन १ गते १७:१७
महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध विराटनगर महानगरको २–१ को जित

१ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

अहिलेसम्म अंक जोडन नसकेको चौदण्डीगढीले आज विराटनगरलाई भने टक्कर दिएको थियो । आठौं मिनेटमा मनिता तामाङले गोल गर्दै चौदण्डीगढीलाई अग्रता दिलाएकी थिइन् ।

तर, १५ औं मिनेटमा पार्वती घलेले विराटनगरका लागि गोल फर्काइन र खेल बराबरीमा पुर्‍याइन । पार्वतीले नै ८७ ‍औ मिनेटमा दोस्रो गोल गरेपछि पहिलो अंक जोड्ने चौदण्डीगढीको प्रयास असफल भएको थियो । १० खेलबाट १३ अंक जोडेको विराटनगर पाँचौं स्थानमा छ ।

यसअघि भएको खेलमा विभागीय टोली एपीएफले वालिङ नगरपालिकालाई ६–० ले हराएको छ । एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ५ गोल गरिन् । यस्तै प्रिती राईले एक गोल गरिन ।

सावित्राले पहिलो हाफको ७, १६ र २० औ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी थिइन । पहिलो हाफको इन्जुरी समयमा प्रितिले गोल गरेपछि एपीएफले ४–० के अग्रता लियो । ६४ औं र दोस्रो हाफको इन्जुरी समयमा सावित्राले दुई गोल थपिन् ।

यो एपीएफको लगातार नवौं जित हो । पहिलो चरणमा एपीएफले वालिङलाई ३–० गोल अन्तरले हराएको थियो । प्रतियोगितामा अपराजित एक मात्र टोली एपीएफले ९ खेलबाट २७ अंक जोडेको छ । उसले अहिलेसम्म ७१ गोल गरेको छ भने एक गोल पनि खाएको छैन । वालिङ ९ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्