खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन १ गते ९:००
राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदै

१ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टिम एपीएफ र वालिङबीचको खेल अपरान्ह १२ बजे शुरु हुनेछ ।

वालिङविरुद्ध मैदान उत्रँदा एपीएफ अपराजित यात्रालाई कायम राख्न चाहन्छ । ८ खेलसम्म अपराजित एपीएफ २४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ वालिङलाई हराएर दोस्रो स्थानको त्रिभुवन आर्मीविरुद्ध अङ्क दूरी फराकिलो बनाउन समेत चाहन्छ ।

दोस्रो स्थानमा रहेको आर्मीको २२ अङ्क रहेको छ । तर, वालिङविरुद्ध एपीएफलाई जित निकाल्न सहज भने हुने छैन । अफ्रिकन खेलाडीको साथ पाएको वालिङ निकै बलियो रहेको छ । वालिङ १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । एपीएफलाई हराएर वालिङ अंक तालिका सुधार गर्न चाहन्छ ।

महिला लीगअन्तर्गत आजै हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । विराटनगर र चौदण्डीगढीबीचको खेल अपरान्ह ३ बजे शुरु हुनेछ ।

विराटनगर ९ खेलमा १० अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । चौदण्डीगढीलाई हराएर विराटनगर अङ्क तालिका सुधार गर्न चाहन्छ । चौदण्डीगढी भने अङ्कविहीन रहँदै पुछारमा छ । चौदण्डी विराटनगरलाई हराएर पहिलो जित निकाल्न चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्