आर्थिक

जनकपुरधाममा महिला हस्तकला मेला हुने

हिमालय टिभी
२०७७ फागुन १ गते ६:१९
जनकपुरधाममा महिला हस्तकला मेला हुने

१ फागुन २०७७ जनकपुरधाम । यही फागुन २ गतेदेखि ४ गतेसम्म जनकपुरधाममा महिला हस्तकला मेला हुनेभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा स्थानीय गोपाल धर्मशालामा हुने सो मेला/ प्रदर्शनीमा हस्तकला उद्यमीबाट उत्पादित हस्तकलाका सामानको प्रदर्शनी तथा बिक्री गरिने छ ।

महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सनम शाक्यले सो जानकारी दिनुहुँदै मेलाबाट स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा हस्तकला वस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पु-याउनेछ भन्नुभयो ।

प्रदेश– २ मा हस्तकला वस्तुलगायत स्थानीय उद्योगबाट उत्पादित सामानको बजार प्रवद्र्धन, स्थानीय कला तथा संस्कृतिको प्रचारप्रसार, नवोदित उद्यमीलाई वस्तु उत्पादनको बजारीकरण र उत्प्रेरणा, गरिब तथा विपन्न वर्गका महिला उद्यमी र तिनका परिवारलाई लघु, घरेलु हस्तकला उद्योगप्रति आकर्षण, स्थानीय उत्पादक, उपभोक्ता र क्रेतालाई एकै छाता मुनी भेला गराइ स्थानीय हस्तकलाको बजार प्रवद्र्धन, उद्यमी व्यवसायीको सम्पर्क र सम्बन्ध विकास गर्नु मेलाको उद्देश्य रहेको छ ।

मेलामा हस्तकला उद्यमी, व्यवसायीद्वारा उत्पादित स्थानीयस्तरका विभिन्न वस्तु, मिथिला कला, माटाका भाँडा, लाहाका गरगहना, प्राकृतिक रेसाका वस्तु, चाँदीका गरगहना, पश्मिना ऊनी तथा सुतीजन्य वस्तु, काष्ठकला र हाते कागजजन्य वस्तु प्रदर्शनमा राखिने जनाइएको छ ।

संयोजक सविता सिंहले करिब ५० देखि ७० वटा कक्ष रहने मेलामा २५ हजार आगन्तुक आउने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *