आर्थिक

नेपाल टेलिकमको नाफामा आयो ठुलो गिरावट

हिमालय टिभी
२०७७ माघ ३० गते १९:११
नेपाल टेलिकमको नाफामा आयो ठुलो गिरावट

३० माघ २०७७ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल टेलिकमको नाफामा ठुलो गिरावट आएको छ ।

गत वर्ष पहिलो ६ महिनामा टेलिकमको खुद नाफा ४ अर्ब ९३ करोड रहेकोमा यो वर्ष सोही अवधिमा करिव ३ अर्ब २८ करोड मात्रै भएको छ ।

टेलिकमले आज विज्ञप्ति निकालेर पहिलो त्रैमासिकमा १ अर्ब ५१ करोड र दोस्रो त्रैमासिकमा १ अर्ब ७७ करोड खुद नाफा भएको जनाएको छ । पहिलो भन्दा दोस्रो त्रैमासमा खुद नाफा केही बढे पनि सन्तोषजनक छैन ।

सेवा वापतको कुल आय पनि घटेको छ । अघिल्लो ६ महिनामा १८ अर्ब ३ करोड आय रहेको संस्थाको यो वर्ष १७ अर्ब ७२ करोड मात्रै आय छ । यो गतर्व भन्दा १ दशमलव ७४ प्रतिशत कम हो ।

महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको कमीले नाफामा असर परेको टेलिकमको दाबी छ । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कुल निक्षेपमा प्राप्त हुने व्याजदर पनि घटेको उसले जनाएको छ ।

कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराउनु परेको, डाटा उपयोग बढ्दा पनि राजस्व घटेको, महामारीले यात्रा प्रतिवन्ध लागेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवामा ठुला गिरावट आएको जस्ता कारणले आय घटेको पनि टेलिकमले दाबी गरेको छ ।

वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादर र मर्मत सम्भार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन लगायतका कारणले व्ययभार बढेकाले खुद नाफामा असर परेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *