अन्तर्वार्ता
कांग्रेस सभापति देउवा प्रतिगमनको पक्षमा उभिन खोजेः नेकपा नेता श्रेष्ठ (भिडियो कुराकानी)
२०७७ माघ ३० गते १८:४०

३० माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद विघटन गर्ने प्रतिगामी कदमका पक्षमा उभिन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा नेता श्रेष्ठले कांग्रेस भित्र दुई धार देखिएको र देउवाको भूमिका प्रतिगमनलाई सहयोग गर्ने खालको भएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव र विगतमा राजा ज्ञानेन्द्रले घोषणा गरेको चुनावमा कुनै भिन्नता नभएको उहाँको दावी छ ।
प्रतिक्रिया