आर्थिक

लुम्बिनी प्रदेश सरकारले चैत १९ र २० गते लगानी सम्मेलन गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ३० गते १५:०८
लुम्बिनी प्रदेश सरकारले चैत १९ र २० गते लगानी सम्मेलन गर्ने (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ बुटवल । कोरोना संक्रमणका कारण स्थगित भएको लुम्बिनी प्रदेश सरकारको लगानी सम्मेलन चैत १९ र २० गते हुने भएको छ ।

प्रदेश मन्त्रिपरिषदको बैठकले निर्वाचन आचार संहिताले नरोके चैत १९ र २० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । लगानी सम्मेलनको अवधारणा पत्र तयार गर्न प्रदेश सरकारले विभिन्न समिति पनि गठन गरेको छ ।

बैठकले प्रदेश अनुसन्धान ब्यूरो गठनसम्बन्धी ऐन बनाउन सैद्धान्तिक सहमति समेत दिएको छ । संविधानले प्रदेशमा अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी बनाउन सक्ने व्यवस्था गरे पनि संघीय सरकारले नियमावली र निर्देशिका बनाउन ढिलाई गरेकाले ढिला भएको प्रदेश सकारकार प्रवक्ता वैजनाथ चौधरीले बताउनुभयो ।

प्रदेश सरकारले रुपन्देही, दाङ र बाँकेमा रहेका कोरोना आइशोलेसन अस्पताल थप ३ महिना संचालन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदले मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्र जिसी र जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल ओलीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *