खेलकूद

त्रिकोणात्मक क्रिकेट श्रृंखला फेरि पनि स्थगित

हिमालय टिभी
२०७७ माघ ३० गते १३:५७
त्रिकोणात्मक क्रिकेट श्रृंखला फेरि पनि स्थगित

३० माघ २०७७ काठमाडौं । कोरोना भाइरसका कारण आइसिसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक श्रृंखला फेरि स्थगित भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कोभिड नाइन्टिन को प्रभाव, लामो क्वारन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण प्रतिबन्धका कारण आईसीसीले श्रृंखला स्थगित गरेको हो।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आगामी १९ देखि २८ मार्चसम्म ओमानमा सिरिज गर्ने तय गरेको थियो। क्यानका सचिव अशोकनाथ प्याकुरेललका अनुसार अर्को मिति तय भएको छैन।

नेपाल, अमेरिका र ओमानबीचको सिरिजसँगै पीएनजी, स्कटल्यान्ड र ओमानबीच अप्रिलमा हुने सिरिज तथा पीएनजी, अमेरिका र नामिबियाबीच मेमा हुने सिरिज पनि स्थगित भएको छ। सिरिजका लागि नेपालले गत शनिबारदेखि अभ्यास शुरु गरेको थियो।

क्यानले यही सिरिजका लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । पहिलो चरणमा बन्द प्रशिक्षणमा राखिएका खेलाडीबाट घटाएर क्यानले शनिबारदेखि ट बढीमा २१ खेलाडीलाई दोस्रो चरणमा राख्ने भएको छ ।

यो सिरिजपछि जुलाईमा नेपालले स्कटल्यान्डमा अर्को सिरिज खेल्ने तय भएको थियो । सिरिजमा नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्