आर्थिक
सुनको भाउ तोलामा ६ सय घट्यो, प्रतितोला ९० हजार ९ सयमा कारोवार
२०७७ माघ ३० गते १३:१८
३० माघ २०७७ काठमाडौं । साताको अन्तिम दिन आज पनि सुनको मूल्य ६ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको जानकारी दिएको छ। बिहिबार सुनको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो।
हिजो पनि सुन तोलामा ४ सयले घटेको थियो। त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ।
चाँदी प्रति तोला पाँच रुपैयाँ बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया